साेरू गाउँपालिका नेपालको मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको ५ जिल्ला हरु मध्येको एक मुगु जिल्लाकाे हाल ६ नम्बर प्रदेश अन्तरर्गतका स्थानिय तह हरु मध्ये साेरू गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो | भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि साेरू गाउँपालिकाको भौगोलिक, ब्यबसायिक, वाताबरणीय, धार्मीक,एेतिहासिक, पर्यटकिय लगायतका बिभिन्न बहु आयमिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय ठकुरी,क्षेत्री,ब्रामण,दलित ,याेगी हरूजस्ता जात जातिहरुको मुख्य बाहुल्यता रहेकाे यस गाउँपालिकाकाे जनसंख्या नेपालको जनगणना २०६८ अनुसार १२००० रहेको छ । यस गाउँपालिकाका मुख्य उत्पादनको रुपमा स्याउ,आलु, मकै, फापर, कोदो, सिमी,मास,रहेका छन भने उच्च भु-भागमा अति मुल्यवान र महत्वपुर्ण जडिबुटी जस्तै सिलाजित,चिराइतो, कटुकाे,मजिटो आदी पाइन्छ ।